प्रधानमन्त्री ओली र बेलायती राजकुमार ह्यारीबीच भेटवार्ता हुने

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडाैं, २६ जेठ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायतका राजकुमार ह्यारीसँग भेटवार्ता गर्ने भएका छन्।

स्वीटजरल्यान्डमा रहेका प्रधानमन्त्री ओली सोमबार बेलायत प्रस्थान गर्ने कार्यक्रम छ। सोमबार र मंगलबार दुई दिन बेलायतमा रहने ओलीले पहिलो दिन अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने र मंगलबार राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेकाे छ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जुन ११  मंगलबार राजकुमार ह्यारीसँग भेटवार्ता गर्ने भएका हुन्। केन्जिङटन प्यालेस राजुकुमार ह्यारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ताको कार्यक्रम तय भएको राजदूतावास स्रोतले जनाएकाे छ। त्यस्तै मंगलबार नै प्रधानमन्त्री ओलीले बेलायती समकक्षी टेरिजा मेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

राजकुरमार ह्यारी नेपाल आफ्नो मनपर्ने मुलुक भएको बताउँदै आएका छन्। भूकम्पपछि नेपाल आएका उनी लमजुङको एक विद्यालय पुनर्निर्माणमा सहयोग समेत पुर्‍याएका थिए। पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरीय भ्रमण हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्