काठमाडाैं, २६ जेठ । यमनमा सक्रिय शिया विद्रोही समूह हुथीले साउदी अरबको जिजान शहरमा रहेको विमानस्थलमा चालकरहित ड्रोन विमानबाट आक्रमण गरेको दाबी गरेको छ ।
हुथी विद्रोही समर्थित यमनको अल मशिराह टेलिभिजनले जिजान शहरमा रहेको विमानस्थलस्थित ड्रोन विमान राखिएको स्थानमा आक्रमण गरेको दाबी गरेको हो ।
घटनामा भएको क्षतिको विवरण भने मशिरा टेलिभिजनले सार्वजनिक गरेको छैन । घटनाबारे साउदी पक्षबाट पनि केही टिप्पणी आइसकेको छैन ।
साउदी अरबले पछिल्ला केही वर्षयता क्षेत्रीय प्रतिद्वन्द्वी इरान समर्थित हुथी विद्रोहीविरुद्ध यमनमा हवाई आक्रमण गर्दै आएको छ । यमनको सीमा नजिक रहेको जिजान शहरमा हुथी विद्रोहीले बेलाबेला आक्रमण गर्दै आएका छन् । -एजेन्सी



लाेकपाटी न्यूज

