पार्टी एकीकरणले समृद्धिको ढोका खोलेको छ : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी एकीकरणसँगै देशमा समृद्धिको ढोका खुलेको बताएका छन्।

शनिबार पार्टीका जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै नेता रावलले पार्टी र सरकारले समन्वय गरेर अगाडि बढे मात्रै आर्थिक समृद्धिका कार्यलाई संस्थागत रूपमा अगाडि बढाउन सकिने बताए।

उनले पार्टीका कार्यकर्ताले आ–आफ्नो कर्तव्य र दायित्व बिर्सन नहुने भन्दै जनतालाई समृद्ध बनाउनका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

तत्कालीन नेकपा (एमाले) का तर्फबाट जिल्ला कमिटी सदस्यमा चयन भएका ८० र तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्ला कमिटीमा चयन भएका ७५ गरी १५५ लाई नेता रावलले शपथ ग्रहण गराएका थिए ।