भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

voto jatra
लाेकपाटी न्यूज

काठमाडौं, २६ जेठ। काठमाडाैं उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदै  छ। भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको छ। त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो। भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ।

आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ।गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन्। आइतबार बिहान बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्‍याइनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्