काठमाडौं, २५ जेठ। गत जेठ १७ वेपत्ता भएका एमबीबीएस विद्यार्थीको शव भेटिएको छ। शनिबार काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको हो।
काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए। शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखेको थियो। खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनले भने, ‘शव भेटिएको खबर पाएका छौं। आफैँ घटनास्थलतिर जाँदैछु।’
अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ। केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमासमेत गुमाएका थिए।



लाेकपाटी न्यूज

