काठमाडौं, २५ जेठ। पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नागरिकले फूलमालासहित स्वागत गरेका छन्।
विराटनगर विमानस्थलमा मेयरलाई लिन पुगेका स्थानीयले पत्रकारलाई ‘सत्ताधारी कलम चलाउन पाइदैन’ भन्दै मेयरलाई स्वागत समर्थनसहित स्वागत गरेका हुन्। स्थानीयले मेयर चौधरीलाई भष्ट्राचार विरोधी अभियानमा आफू साथ रहेको भन्दै नाराबाजीसमेत गरेका थिए।
केही दिन अगाडि पत्रकारलाई लोप्पा खुवाएको र फोनमा नाकको डाँडी भाच्न एक करोड बजेट र एउटा घडेरी छुट्टाएको भनिएको भिडियो सार्वजनिक भएको थियो। मेयर चौधरीले पत्रकारलाई अभद्र व्यवहार गर्दा चौतर्फि विरोध पनि भएको थियो।



लाेकपाटी न्यूज

