आजबाट युरोप भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, के-के छन् कार्यक्रम ?

Kp Sharma Oli Visit
प्रधानमन्त्रीको भ्रमण (फाइल तस्वीर)
लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अपराह युरोप भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन छ। जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्री बेलायतको भ्रमणमा निस्किनेछन्। त्यसैगरी उनी जेठ २९ गतेसम्म बेलायतको भ्रमणमा जानेछन्।

प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यस अवसरमा बेलायतमा केही उच्चस्तरीय भेटघाट प्रधानमन्त्रीको हुनेछ। त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नेछन्। सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। भट्टराईले प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रष्ट पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्