काठमाडौं, २४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’को संज्ञा दिएका छन्। प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए।
उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे। शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए।
उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए। ओलीले सरकारले शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी गरे।



लाेकपाटी न्यूज

