तयार भयाे नेकपा युवासंगठनको विधान, के-के छ मस्यौदामा ?

Bidhan
लाेकपाटी न्यूज

काठमाडौं, २४ जेठ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को युवा संगठनको विधान तयार भएको छ। संगठनको एकता अगाडि बनेको विधान मस्यौदा उपसमितिले संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सह–संयोजक रमेश पौडेललाई विधानको मस्यौदा पेसिडाँडामा हस्तान्तरण गरेको हो।

नवगठित युवा संगठनको केन्द्रीय समितिमा २ सय ५१ सदस्यीय रहने प्रस्ताव विधानको मस्यौदामा उल्लेख गरिएको छ। मस्यौदा समितिका सदस्य सुवोधराज शेर्पालीका अनुसार विधानले केन्द्रिय समिति मातहत रहने प्रदेश, जिल्ला र स्थानिय तहका किमिटिहरुको संरचना र संख्या समेत किटान गरेको छ।

संगठन एकताअघि बनेको विधान मस्यौदा उपसमितिमा सुवोधराज शेर्पाली, नरेश कुमार शाही, ज्ञानेन्द्र बहादुर गुरुङ्ग, वचनबहादुर सिंह र रमेश आचार्य रहेका छन्। युवाको एकता अन्तिम चरणमा युवा संघ नेपाल र वाइसियल नेपालबीच एकता भई बनेको युवा संगठनको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको गठित युवा संगठनका सहसंयोजक रमेश पौडेलले बताए।

पार्टीले टुङ्ग्याउन बाँकी निर्णय बाहेक संगठनको तर्फबाट एकतासम्बन्धी सबै काम निष्कर्ष नजिक पुगेका संयोजक दिपशिखाको भनाइ छ।