महेश सिंह महतो/सिरहा, २४ जेष्ठ। सिरहा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन घुस नदिइए कामै बन्दैन। सिरहा, जिल्ला समन्वय समितिका एक इन्जिनियर र कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका हुन्।
सिरहाको १७ स्थानीय तह मध्ये १० बढी पालिका माथि अख्तियारमा उजुरी परेको छ। सिरहाको नापी कार्यालय लहानमा नक्सा बनाएवापत रकम लिँदै गरेको फेला परेका हुन्।
यस्तै सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छ। सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भइरहेको अवस्था देखिएको सतर्ककता केन्द्रले गरेको अध्ययनमा देखिएको छ। उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता रहेको सिरहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले सार्वजनिक भएका थिए। घुस लिने क्रममा अख्तियार दुरुपयपोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउसमेत गरेको छ।
अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत कार्यालय तथा सिरहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस बिना काम नगरिदिने अवस्था रहेको छ। सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा चर्को असन्तुष्टि रहेको सतर्कता केन्द्रको निष्कर्ष छ।



लाेकपाटी न्यूज

