महेश सिंह महतो/सिरहा, २३ जेठ । सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सम्भार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जर्बजस्ती भत्काएका छन्। सडकलाई १८ फिट चौडाई गर्ने बहानामा सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जग र पिलर जेसिबी चलाएर भत्काएका हुन्।
उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता समिति मिलेर कसैको घर नभत्काउने भनेर निर्णय गरिएको थियो। तर, सचिवले निर्णय विपरित उनको घरको जग र पिलर भत्काएका हुन्। जगन्नाथ घरमा नभएको बेला सचिव यादवले उनको घर परिवारलाई गाली गलौज गर्दै घर भत्काएका हुन्। सचिव यादवको जग्गा झाको ठीक अगाडिपट्टि रहेको र तीन महिना पहिले सचिव यादवको ट्रायक्टरले झाको घरको एउटा पिलर भत्काएको थियो। त्यो पिलर बनाउन सचिव यादवलाई पटक–पटक ताकेता गर्दा यादवले नसुने झैं गरेपछि निहुँ खोज्दै सचिव यादवले उनको घर भत्काएको पीडित झाको दाबी छ।
घटना जेठ १६ गते भएपनि पीडित झाले आपुू न्याय पाउनको लागि ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन दिन जाँदा हालसम्म दर्ता नगरिएको पीडित झाले बताए। घर भत्काउँदा अर्थात बाटो फराकिलो गर्दा पूर्व सूचना दिनुपर्ने हो। तर, उनले सूचनासमेत नदिई घर भत्काएका हुन्। व्यक्तिगत रिसीबीका करण आफ्नो घर भत्काइएको पीडितको दाबी छ।



लाेकपाटी न्यूज
