ओली-प्रचण्डबीच भएकाे कथित सहमति मान्दिनँ : ईश्वर पाेखरेल

ishwor-pokhrel pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य इश्वर पोखरेलले पार्टी एकताका क्रममा आफ्नै पार्टीका दुई अध्यक्षले हस्ताक्षर गरेको ५ बुँदे सहमति पत्रलाई कथित सहमतिको संज्ञा दिँदै त्यसलाई नमान्ने बताएका छन् ।

एकतापछि कर्नरमा पर्दै जान थालेपछि आफ्नो असुरक्षित भविष्य देखेका पोखरेलले अहिले एकता प्रक्रियामाथि नै प्रश्न उठ्ने गरी विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । त्यही क्रममा उनले अहिले ५ बुँदे सहमतिलाई समेत कथित सहमतिको संज्ञा दिएका हुन् ।

बिबिसी नेपाली सेवासंँगको कुराकानीका क्रममा पोखरेलले अध्यक्ष प्रचण्डको पछिल्लो अन्र्तवार्ताप्रति आक्रोश पोख्दै एकताका क्रममा भएका सहमति सम्मलाई कथित भएको बताएका हुन् ।

‘लिखित सहमतिको नेकपाको सचिवालयमा औपचारिक ढंगले छलफल भएको छैन् । त्यसबारेमा हामी जान्दैनौं पनि । दुई अध्यक्षको बीचमा सहमति भएको भएपनि त्यसको मर्यादा होला, समय होला । सिमा हुन्छ, समय हुन्छ ।’ पोखरेलले अन्र्तवार्ताका क्रममा भने, –‘पांच बँुदे सहमति मर्यादाहीन सहमति भएकोले त्यसलाई सचिवालयले चिन्दैन । त्यसबारेमा नेकपाको सर्वोच्च निकाय सचिवालयमा छलफल समेत भएको छैन।’

अध्यक्ष प्रचण्डले दिएको अन्र्तवार्तामा अभिव्यक्त भनाईप्रति पनि उनले आक्रोश पोखे । दुई जना अध्यक्षको बिचमा सहमति भएको भएपनि पब्लिक कम्जन्सनको लागी वा जनदबाब दिन बोल्नु उपयुक्त नभएको उनले बताए । उनले उक्त सहमतिमा आलोपालो गर्ने कुरा उल्लेख नभएको दाबी गर्दै आवश्यकताअनुसार भनेकोले त्यो उपयुक्त समयमा आवश्यक ठाने मात्र हुने धारणा राखे ।

उनले भने, ‘दुई अध्यक्षको बीचमा भएको कथित सहमतिको संस्थागत ढंगले छिनोफानो हुन बाकीं छ, नेकपाको सर्वोच्च निकाय सचिवालयमा यो सहमतीबारे छलफल भएको थाहा छैन्, ,त्यसैले त्यो मर्यादाहिन सहमति लागु हुदैन् ।’

पोखरेलले हिजो जे जे सहमति भएपनि एउटै पार्टी भएको अवस्थामा त्यो लागु नहुने बताए । पोखरेलले भने ‘दुबै पार्टीका अध्यक्षले हिजो अलग पार्टी हुँदा अलग मानसिकता, अलग मनोविज्ञान भएको बेलामा सहमति भएको हो अब एउटै पार्टी भइसकेपछि ती चिजहरु छैनन् भनेर विभिन्न अन्र्तवार्तामा भनेको हामीले सुनेका छांै, अहिले फेरी के को लागी भनिँदैछ ?’

पोखरेल पछिल्लो पटक पार्टीभित्रै असुरक्षित हुन थालेपछि कहिले विचार धाराको नाममा त कहिले अध्यक्ष प्रचण्डको तिखो आलोचना गर्दा एमालेभित्रका असन्तुष्ट पक्षका नेताहरुको साथ पाउने विश्वासमा रहेर विवादास्पद अभिव्यक्ति दिँदै आउन थालेका छन् ।

दुई–दुई पटक महासचिव रहेका पोखरेल पार्टी एकता नभएको भए ओलीको साथ लिएर माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजनामा थिए । तर, एकतापछि उनको महासचिव पद समेत गुम्यो । उनी सचिवालयमा मात्र थन्किए ।

अहिले उनले संगठन विभागको जिम्मेवारी पार्टीमा खोजे पनि न अध्यक्ष ओलीले उनलाई त्यो पद दिन चाहेका छन्, न अर्का अध्यक्ष प्रचण्डले नै । त्यसपछि उनी पार्टीमा आफनो भूमिका विलय बनाउने र ओलीको उत्तराधिकारी बन्ने दाउमा अनेक तिकडमबाजीमा उत्रिएका छन् ।