पाचथर, २३ जेठ। पाँचथरको फिदिम नगरपालीकको मेनरोडमा भीषण आगलागी भएको छ। आगलागीबाट मानवीय क्षति भने भएकाे छैन्। आगो नियन्त्रमा लिन दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन्।
आगलागीबाट २ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको बताइएको छ।
आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।



लाेकपाटी न्यूज
