पत्रकार दुर्व्यवहारको सत्यतथ्य अध्ययन गर्न मिसन टोली गठन

patrakar mahasang
लाेकपाटी न्यूज

विराटनगर, २३ जेठ। नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले इटहरीमा मिसन टोली गठन गरेको छ।लगातार पत्रकारमाथि भएको दुर्व्यवहारको सत्यतथ्य अध्ययन गर्न मिसन टोली गठन गरिएको हो।

मिसन टोलीलाई अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको छ। समितिको बिहीबार बसेको बैठकले पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य ९ सदस्य रहेको मिसन टोली गठन गरेको हो।

समितिले बैठकपछि जारी गरेको विज्ञप्तिमा सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले समाचार लेखेकै आधारमा पत्रकारहरुलाई दिएको धाकधम्की र दुव्र्यवहारको घटनापछि पत्रकार विराट अनुपम विस्थापित हुने अवस्थामा पुगेकोले आवश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय पनि गरेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्