काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहान ९ बजे बस्ने भनिएको बैठक दिउँसो १२ बजेका लागि सरेको छ। नेताहरु अनौपचारिक छलफलमा रहेकाले बैठक सरेको हो।
तीन दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विवाद हुँदै आएको छ।अन्य जिम्मेवारी लिएकालाई पार्टीको जिम्मेवारीमा कम प्राथमिकता दिनुपर्ने भन्ने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताको अडानले विवाद जिम्मेवारी तोक्न ढिलाइ भएको हो।
त्यसपछि बिहीबार नै पार्टीका विभाग र पोलिटब्यूरो गठनबारे पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकमा पार्टी एकताका सबै काम द्रुत रुपमा सक्नेबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।



लाेकपाटी न्यूज

