काठमाडौं, २२ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार शितलनिवासमा दुई संविधानसभाका सदस्यलाई पदक र प्रमाणपत्र बाँडिन्। २०६४ र २०७० सालमा भएको संविधानसभाका सभासद्लाई बाँडिएको पदक अहिले विवादमा परेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान जारी गरेकोमा स्याबासी दिन पदक दिने काम नै गलत भएको बताएको छ।
कांग्रेसभित्र पदक लिएकोले फिर्ता गर्नु पर्ने पनि आवाज उठेको छ। कांग्रेस सांसद मीनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै संविधान निर्माता ‘सभासद’लाई चिनारी ‘पदक’ वितरण गर्ने शैलीमाथि पनि प्रश्न उठाए।
सांसद रिजाल पनि पदक पाउने सूचीमा छन्। तर उनले पदक लिएका छैनन्। ‘संविधान बनाएकोमा स्याबासी लिने गरी पदक बाँड्न हुँदैनथ्यो,’ रिजालले भने, ‘पदकको डिजाइन पनि मन परेन। त्यहाँ सूर्य चिन्ह छ।’रिजालले पदक बनाउन झण्डै दुई लाख खर्च भएको दाबी गरे।
‘एउटै पदक बनाउन एक लाख ७५ हजार खर्च भएको मैले सुनेको छु ,’ उनले भने, ‘राज्यकोषको रकम यति धेरै खर्च हुने गरी किन पदक बाँड्नु पर्ने।’नेपाली जनताले निर्वाचित गरेर आफ्नो प्रतिनिधिलाई संविधान लेख्न पठाए पनि के९के न गरेझैं गरी पदक लिन नहुने उनको भनाइ छ।
‘जनता र सांसदको सम्बन्ध राजा र आम नागरिकजस्तो होइन फरक छ,’ उनले भने, ‘संविधानकै मर्मविपरीत पदक लिनेरदिने काम भयो।’ उनले पदकभित्र सूर्य चिन्ह राखिएकोमा कांग्रेसले आपत्ति जनाएको पनि बताए। ‘पदकभित्र प्रष्ट देखिने गरी सूर्यको चिन्ह राखिएको छ। एउटा पार्टीले संविधानलाई मोनोपोलाइज गर्न पाइन्छरु,’ उनले भने, ‘आफूले मात्रै संविधान ल्याएको जस्तो गर्नेरु मैले सभापति शेरबहादुर देउवालाई यसबारे आज जानकारी गराइसकेको छु। पार्टीले पदकबारे छलफल गरी निर्णय लिनुपर्छ। कसैले लिएका छन् भने फिर्ता गर्नुपर्छ।’
उनले राजनीतिज्ञलाई गर्नु पर्ने काम गरेवापत् स्याबासी दिनु सामन्ती संस्कार भएको बताए। कांग्रेसले पदक लिन नमिल्ने उनको भनाइ छ। बीपी र गिरिजाबाबुले जीवनकालभर पदक नलिएको बताउँदै उनले आफुहरु बीपीका चेला भएर पदक लिँदै हिड्न नसुहाउने बताए। उनले सेतोपाटीसँग भने, ‘पदक लिनु गणतन्त्रको स्प्रिट अनुसार भएन। जुन शैलीमा राष्ट्रपतिज्यूले वितरण गर्नुभयो त्यो पनि चित्त बुझेन।’
पदकको डिजाइन बनाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्थले पदकमा कहीँ पनि सूर्य नराखिएको बताए। उनले सूर्यजस्तो देखिएको त्यो धर्काहरु सूर्य नभएको बताए। ‘स्थानीय तह बुझाउने धर्कालाई सुनौलो बनाइएको छ यसको अर्थ स्थानीय तहको भविष्य उज्वल छ भनेको हो। यो सूर्य होइन,’ उनले भने।
गृह मन्त्रालयका अनुसार पदक वितरणका दिन राष्ट्रपतिको हातबाट एक सय १४ जनाले पदक लिएका थिए। मृत्यु भइसकेका सभासद्को पदक भने गृह मन्त्रालयले परिवारजनलाई बुझाउँछ। एक हजार एक सय ९ जनामध्ये ९० जना सभासद्को नाम दोहोरिएको पाइएको थियो। राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति रामवरण यादवको नाम पनि पदक पाउने सूचीमा छ।



लाेकपाटी न्यूज

