प्रहरी निरीक्षक पक्राउ

9
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ । सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा एक जना प्रहरी निरीक्षक अनुसन्धानमा तानिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोबहादुर जिसीमाथि अनुसन्धान थालेको हो। आयोगका एक अधिकारीका अनुसार जिसीलाई मंगलबार हिरासतमा लिएर छानविन थालिएको छ। जिसीले नक्कली अभियुक्त खडा गर्न १० लाख रुपैयाँ लिएको अख्यितारमा उजुरी परेको थियो।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिसी मातहतको क्षेत्रमा पर्ने ठाउँमा ११ वैशाखमा बोधराज पाण्डेले चलाएको जीपले मोटरासाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका थिए। तर, जिसीले पाण्डेलाई जोगाएर अर्कै व्यक्तिलाई सवारी चालक बनाउन भूमिका खेलेको अख्यितारले जनाएको छ। थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्