काठमाडौं, २२ जेठ । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि–२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्।
आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ। राष्ट्रपति आन्ड्रेस्ले आफूले जि २० सम्मेलनमा भाग नलिने जानकारी गराएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले आफु सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आपूmले मध्यमार्गी सुझाव पठाउने धारणा राखे।



लाेकपाटी न्यूज

