भक्तपुर, २२ जेठ । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीमा रहेका विकृति समेत सफा गर्नुपर्ने बताएकी छिन्।
४६ औं विश्व वातावरण दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन्।
कार्यक्रममा बाेल्दै उनले भनिन् ‘जबसम्म हामीले विकृत मानसिकता सफा गर्न सक्दैनौं तबसम्म हामी सुखी नेपाली र समृद्ध नेपाल अभियानमा साथ दिन सक्दैनौं । ’ अहिले देशमा नदिनाला र गाउँटोल सफाई अभियानले व्यापकता पाइरहको र एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा समेत उनले जोड दिइन्ए।
उनले भनिन्, ‘मानिसले प्रकृतिप्रति अन्याय गर्दा हिजो पंखाको आवश्यकता नपर्ने काठमाडौंमा आज एसीको आवश्यकता परेको छ।’ मानव सृजित फोहोरहरुले प्रकृति र वातावरणलाई असर गरेको र त्यसको असर पूनः मानवलाई परिरहेको उनको भनाई छ ।



लाेकपाटी न्यूज
