काठमाडौं, २२ जेठ । खेलकुद मैदान निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कास्कीको मादी गाउँपालिका ६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४ रुपैयाँ अनियमिता भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आयोगले तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यको साइट इन्चार्ज सब–इन्जिनियर ननु राम, तत्कालीन जिल्ला समन्वय समितिमा कार्यरत भई हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालविरुद्ध मुद्दा दायर गरेको छ। यो समाचार आजको नयाँ पत्रिकामा छ ।



लाेकपाटी न्यूज

