नेकपा सचिवालयको बैठक बस्दै

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन छलफल शुरु भएको छ।

पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन छलफल उच्चस्तरमा शुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्यविभाजनबारे छलफल शुरु भएको छ।

कार्य विभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गोे लगाउने बताइएको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा केन्द्रीय कमिटीको कार्यविभाजनबारे छलफल भए पनि टुङ्गो नलागेको र बुधबार पुनः बसेर त्यसलाई टुङ्गो लगाउने सहमति भएको जानकारी दिए।

यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन्।