काठमाडौं, २१ जेठ । चर्चित पत्रकार रवी लामिछाने उपचाररत सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई भेट्न अस्पताल पुगेका छन् । पत्रकार लामिछाने अष्ट्रेलियाबाट फर्किए लगत्तै विमानस्थलबाट सोझै अस्पताल पुगेका हुन् ।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरी हिरासतमा यातना तथा कुटपीट गरिएपछि घाइते भएका उनको काठमाडौंमा उपचार भइरहेको छ । पत्रकारलाई गाली गलौज गरेको आरोपमा सामाजिक अभियन्ता शाहीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो ।
भ्रष्टाचारविरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारहरुलाई गाली गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।
शाहीले आफूले आयोजना गरेको भ्रष्टाचारविरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारहरुलाई गाली गर्दै एक भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले पत्रकारलाई अश्लील शब्दमा गाली गरेका थिए ।
सोही गालीको विषयलाई लिएर प्रहरीले शाहीलाई पक्राउ गरेको थियो । तर, उनका समर्थकले भने शाहीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै सामाजिक सञ्जालमा समेत चर्को विरोध जनाएका छन्



लाेकपाटी न्यूज
