नेकपाकाे सचिवालय बैठक सकियाे

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सचिवालयकाे जारी बैठक भर्खरै सकिएकाे छ। बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुकाे कार्यविभाजनकाे बारेमा छलफल भएकाे तर पूर्ण रुपमा नटु‌ंगिएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

प्रवक्ता श्रेष्ठका अनुसार छलफलले पूर्णता पाइनसकेकाेले भाेलि १२ बजे पुन: सचिवालयकाे बैठक बस्ने निर्णय भएकाे छ। भाेलिकाे बैठकले कार्यविभाजनकाे टु‌ंगाे लगाउने उनले जानकारी दिएका छन्। उनले भने, ‘एकीकरणका बाँकी सा‌ंगठनिक काम सम्बन्धमा याे कार्यविभाजनकाे टुंगाे लाग्याे भने भाेलि नै पनि छलफल प्रारम्भ हुन सक्छ, नभए केन्द्रीय सचिवालयकाे अर्काे  बैठक बसेर ती कामकाे पनि टुंगाे लगाइन्छ।’

आजको छलफलले कार्यविभाजनको टुंगो लगाउने कुरामा आफू विश्वस्त रहेको बताउँदै सांगठनिक एकताका बाँकी काम पनि चाँडै टुंगो लगाउने गरी छलफल अगाडि बढ्ने उनले बताए।