काठमाण्ड, २१ जेठ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको इमान्दारिताका साथ कार्यान्वयनका लागि दवाव सिर्जना गर्न सबै समुदायलाई आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुने बताए।
मंगलबार राजधानीमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ। अध्यक्ष प्रचण्डले संविधान सम्झौंतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको पनि स्पष्ट पारे।



लाेकपाटी न्यूज

