प्रधानमन्त्रीले लिए मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

११
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मंगलबार बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका थिए।

मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ। मुख्यमन्त्री पौडलेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्