रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे

chitwan
लाेकपाटी न्यूज

चितवन, २१ जेठ। धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटेका छन्।

अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइकामध्ये १४ जना हाजिरी जमानीमा छुटेका हुन्। मुख्य आरोपित प्रकाश कँडेलसहित भैरव वस्ताकोटी, सुरेन्द्र विक र ध्रुव चापागाई भने थुनामै रहेका छन्। हाजिरी जमानीमा छुटेकाहरुमा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सन्जु गुरुङ, कृष्ण कँडेल, दिपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपिन भट्टराई रहेका छन्। त्यस्तै महिलाहरु पारु परियार, यसोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मन्जु चापागाई रहेका छन्।

स्थानीयले भत्काइएको बार ठड्याएसँगै धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको कामलाई पुन सुचारु गरेको छ। जेठ १५ रंगशालाको बारमा डोजर चलाएपछि १८ जनालाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्