आज पनि साँझपख पानी पर्ने

Night Rain
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। मंगलबार पनि देशका केही भूभागमा दिउँसोदेखि साँझ मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ। काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार बिहानैदेखि मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ। ‘दिउँसोपख काठमाडौँ उपत्यकासहित पूर्वी क्षेत्रमा पनि मौसम बदली हुने सम्भावना छ,’ मौसमविद् नगरकोटीले नेपालखबरसँग भनिन्, ‘दिउँसोदेखि साँझसम्म देशका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा मेघ गर्जन, हावाहुरीसहित पानी पर्ने सम्भावना छ।’

अहिले प्रि मनसुको समय भएकाले हावाहुरी, चट्याङ र वर्षा हुनु सामान्य प्रक्रिया भएको महाशाखाले जनाएको छ। मनसुन पूर्वको समयमा प्रायः यस्तो हुने नगरकोटीले बताइन्।

यस वर्ष नेपालमा मनसुन भने विगत भन्दा ढिलोगरी सुरु हुने अनुमान महाशाखाले गरेको छ। सामान्यतया नेपालमा १० जुनबाट मनसुन सुरु हुन्छ। त्यसमा दुई–चारदिन ढिलो चाँडो हुनुलाई सामान्य मानिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्