क्रिकेट रंगशाला बनाउन जुटौं : नेता दाहाल

narayan dahal
लाेकपाटी न्यूज

चितवन, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहालले क्रिकेट रंगशाला नेपालकै गौरवको आयोजना भएको हुदाँ यस विषयमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको रंगशालामा बाटो विवादका कारण स्थानीयले डोजर चलाएर भत्काएपछि उत्पन्न विवाद कायम रहेकै बेला आज स्थलगत अवलोकन गर्दै दाहालले रंगशाला निर्माणमा सबै एकजुट हुन आवश्यक रहेको बताएका हुन्।

उनले विकास गर्दै जादाँ केही समस्या आउने र समस्या छलफलबाट निकास गर्न सकिने बताउँदै रंगशालामा देखिएका समस्या सर्वपक्षीय छलफलबाट निकास दिन सकिने बताए ।

रंगशाला नै भत्काउनु दुःखद पक्ष रहेको भन्दै दोषीलाई कानून बमोजिम कारबाही हुने हुदाँ अब सबैले यो गौरवको आयोजनामा थप उत्साहका साथ लाग्नुपर्ने बताए । साथै उनले गौरवको आयोजना रंगशालामा भत्किएको संरचना सासंद, मेयर रेनु दाहालसहित आम जनता सक्रिय भएर बनाएको भन्दै धुर्मुस सुन्तलीलाई ढुक्क भएर काम गर्न अपिल पनि गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्