नेपाल प्रहरी श्रीमती संघको अग्रसरतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न

polic wife
लाेकपाटी न्यूज

बर्दिया, २० जेठ। बर्दियाको गुलरिया नगरपालिकाका नेपाल प्रहरी श्रीमती संघको अग्रसरतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उपमेयर सुशिला गिरीको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बर्दियास्थित कृष्णसार रिसोर्टमा सोमबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजना र अग्रसरतामा बर्दियास्थित ध्रुव मावि, बंगलामुखि मावि, कोटही मावि र मकदेव माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो।

कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ तथा आसरा सुधार केन्द्रकी सचिव महिमा शाहसमेतले समुदाय(प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी निरीक्षक पुर्णिमा चन्दले लागूऔषध दुव्र्यसन, घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्