भेटवार्ताका लागि बालुवाटार पुगेका नेता नेपाल ओलीसँग रिसाएर फर्किएपछि…

oli-and-nepal.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे पार्टी एकता गर्दा भएको पाँच बुँदे सहमतिको चौथो बुँदाको विषयलाई लिएर प्रचण्डले पछिल्लाे समय दिएको अभिव्यक्तिले पार्टीमा एक किसिमकाे तरङ्ग उत्पन्न भएसँगै नेकपाका शीर्ष नेताहरुले छुट्टाछुट्टै भेटवार्ता गर्न थालेका छन् ।

यस्तै भेटमध्ये आइतबार बालुवाटारमा भएकाे प्रधानमन्त्री ओली र माधव नेपालकाे भेट पनि एक हाे। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटवार्ताका लागि बालुवाटार बोलाएका थिए । आइतबार विहान प्रधानमन्त्री ओलीले माधव नेपाललाई ‘इमरजेन्सी छ तुरुन्त बालुवाटार आउनु’ भन्दै फोन गरेका थिए।

आफ्नै निवासमा भेटघाटमा व्यस्त रहेका नेता नेपालले एक दुइ घण्टापछि आइपुग्ने बताए । र नेता नेपालले बालुवाटार पुग्छु भनेको समयमा बालुवाटर पनि पुगे । नेता नेपाल प्रधानमन्त्रीको पखाईमा झन्डै २५ मिनेट बालुवाटारमै बसे । तर प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेनन्। त्यसपछि नेता नेपाल रिसाएर बालुवाटारबाट फर्किएको स्रोतले बतायो ।

यसअघि मंसिर २२ गते पनि प्रधानमन्त्री ओलीले बैठक समयमा सुरु नगरेको भन्दै नेता नेपालको नेतृत्वमा सचिवालयका चार शीर्ष नेताले सचिवालयको बैठक बहिष्कार गरेका थिए । आइतबार नेता नेपालसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच झन्डै तीन घण्टा लामो भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्