दर्ता नभएका सवारीको रुट परमिट खारेज

Transportation
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ। कम्पनीमा दर्ता नभएका सवारी साधनले यात्रु ओसारपसार र ढुवानी सेवा दिन नपाउने भएका छन्। यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ-समितिमार्फत सेवा दिइरहेका सवारी साधानको रुट परमिट खारेज गरेपछि उक्त सेवा पदन नपाउँने भएका हुन्।

विभागले यातायातसम्बद्ध संघ-समिति अन्तर्गत रहेर सेवा दिइरहेका सवारी धनीलाई कम्पनीमा दर्ता भएर आउन दिएको समय सकिएसँगै रुट पर्मिट खारेज गरेको छ। कम्पनीमा दर्ता हुन बाँकी यातायातसम्बद्ध संघ-समितिको नवीकरण पनि नहुने विभागले प्रष्ट पारेको छ। विभागले संघ समितिमा आवद्ध सवारी धनीलाई कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकृत हुन जेठ १८ गतेसम्मको समय दिइएको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार सो अवधीमा संघ समिति मातहतका एक सय ६० हाराहारी यातायात व्यवसायी कम्पनीमा दर्ता भएका छन्। कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार भुवनहरि अर्यालले हालसम्म एक सय ६० हाराहारीमा यातायात संघ समितिमा आबद्ध व्यवसायी कम्पनीमा दर्ता भएको बताए।

शनिवार रातिसम्म कम्पनीमा दर्ता गर्ने समयसीमा थियो, उनले भने, दर्ता भएका कम्पनीको आन्तरिक काम भइरहेको छ। उनका अनुसार दर्ता भएका कम्पनीको कागजात रुजु गर्ने काम भईरहेकाले संख्या केही थपघट हुन सक्नेछ। प्रक्रिया पूरा गरेर आउने सबै व्यवसायीको दर्ता प्रक्रिया अगाडि बढाएका छौं, उनले भने रीत नपुगी नआउनेको दर्ता हुन सकेको छैन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्