काठमाडाैं, १९ जेठ । यती एयरलायन्सको नयाँ प्रबन्ध निर्देशकमा आङछिरिङकी श्रीमती चन्दालाई नियुक्त गरिएकाे छ।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी आङछिरिङकाे मृत्यु भएसँगै यती एयरलायन्स प्रबन्ध निर्देशकविहीन भएकाे थियाे । लामाे समय रिक्त रहेकाे साे ठाउँमा उनकी श्रीमती चन्दा शेर्पालाई नियुक्त गरिएकाे हाे।
यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पाको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। पर्यटन र उड्ययन क्षेत्रमा रहेका शेर्पाको झन्डै ५० अर्बको साम्राज्य कसले चलाउला भन्ने जिज्ञासा सबैमा थियो।
यति एयरलायन्सले केही दिनअघि स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।एयरलायन्सको अध्यक्षमा लाक्पा सोनाम शेर्पा थिए। उनी आङछिरिङका दाइ हुन्।
सोनाम अहिले कार्यकारी अध्यक्ष बनेका छन् भने नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ। विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमूख कार्यकारी अधिकृत र अनोज रिमाललाई आर्थिक निर्देशक नियुक्त गरिएको छ।
चन्दा यसअघि यति एडभेन्चरकी प्रमूख थिइन। उनले यति समूहको विभिन्न पदमा रहेर काम गरिरहेकी थिइन्।



लाेकपाटी न्यूज

