अमेरिकी सेनाद्वारा विपद व्यवस्थापन सम्बन्धि अनुभव आदान-प्रदान

American Army
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। अमेरिकी सेनाको अधिकृत क्याडेट टोलीले विपद व्यवस्थापनमा प्रहरीको पूर्व तयारी र कार्यशैली सम्बन्धि अनुभव आदानप्रदान गरेको छ।

सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोली नेपाल आएको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त टोलीसँग भेटघाट गरी भूकम्प, बाढी पहिरो, दुर्घटना जस्ता विपदजन्य घटनामा उद्धार, पुनस्र्थापना लगायतको भूमिकामा नेपाल प्रहरीको अनुभव आदान प्रदान गरे।

सो क्रममा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। साथै उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयको तर्फबाट प्रहरी उपरीक्षक सविन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतिकरण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्