सरकार जनमतको दुरुपयोग गरिरहेको छ : रामचन्द्र पौडेल

Ramchandra poudel
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्थामाथि अंकुश लगाउने काम गरेर जनमतको दूरुपयोग गरिरहेको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश, परिवर्तन र आन्दोलनको भावना विपरितका गतिविधि गरिरहेकाले आफ्नो पार्टीले सरकारको विरोध गर्नु परेको पनि स्पष्ट पारे । वरिष्ठ नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नु परेको गुनासो गरे ।