हाम्रो टिप्पणीले कसैलाई चोट पुगे क्षमाप्रार्थी छौं : धुर्मुस

Dhurmus
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। हास्यकलाकार सीताराम कट्टेलले आफूहरुले गरेको टिप्पणीप्रति क्षमा मागेका छन्। आइतबार उनले केही दिनअघि चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा गरेको टिप्पणी कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका उनले निर्माणस्थलको बार भत्किएपछि आक्रोशित बनेका थिए। सो टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा माग्दै फेसबुकमा अपिल पोष्ट गरेका छन्। उनले भनेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं।’

रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति आक्रोश व्यक्त गरिएको थियो। त्यसको सार्वजनिक रुपमा विरोध पनि भएको थियो।

धुर्मुसले आइतबार फेसबुकमा राखिएको अपिलमा भनिएको छ ‘उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ। अज्ञानतावश भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौं।’ धुर्मुसले कुनै विषयमा विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्