महेश सिंह महतो/सिरहा १९ जेठ । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतमा खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा अबैध लागूऔषध कारोवारमा संलग्न २३ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
लागूऔषध कारोबारमा प्रयोग भएको सवारी साधान ७ थानसहित प्रतिबन्धित लागूऔषध डाइजेल्याब ४ सय ८८ एम्पुल, डाइजेल्याब ७९ बोतल,डाइलेक्स डिसी १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट,नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल,फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल,फेन्सिडिल २ बोतल,स्पास्मो प्रोक्सिभिन ४८ टयाब्लेट तथा रेकसकस १ बोतल सहित नियन्त्रणमा लिएकाे हाे।
पक्राउ परेका व्यक्तिहरुलाई म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए।



लाेकपाटी न्यूज

