पानी माग्दै मन्दिरमा पूजा गर्न सरकारको आदेश

Pray
लाेकपाटी न्यूज

नयाँदिल्ली, १९ जेठ। भारतमा अत्याधिक गर्मिका कारण ३० जनाले ज्यान गुमाइ सकेका छन्। भारतको कर्नाटक लामो समयदेखि खडेरीको चपेटामा छ।

कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामी नेतृत्वको सरकारले सर्कुलर नै जारी गरेर पानी माग्दै राज्यभरका सबै मन्दिरमा पूजा गर्न आदेश दिएको छ। सरकारले १० हजार एक रुपैयाँभन्दा बढी खर्च नगर्नगरी सबै मन्दिरमा पूजा गर्न आदेश दिएको हो। कर्नाटकको हुबली क्षेत्रका किसानहरुले सस्तैमा गाईवस्तु बेच्न बाध्य भएको बताएका छन्। उनीहरु भन्छन्, ‘हामीसँग गाईवस्तुलाई खुवाउनका लागि केही छैन, पानी पनि परेको छैन, खेतिवाली गर्न सकेका छैनौँ।’

मौसम विभाकका अनुसरा बंगालको खाडी, अरब सागर र अन्डमान द्वीपमार्फत हुने मनसनु केरालामा ६ जुनमा पुग्ने छ। त्यसपछिमात्र मौसम सामान्य अवस्थामा आउने बताइएको छ। भारतमा वर्षेनी ७० प्रतिशत वर्षा मनुसनका क्रममा हुन्छ जुन कृर्षिका लागि महत्वपूर्ण मानिन्छ।