नयाँ दिल्ली, १९ जेठ। भारतमा अत्याधिक गर्मि बढेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। आइतबार त्यहाँकोे अधिकतम् तापक्रम ५०.८ डिग्री सेल्सिय पुगेको छ।
पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी छ। अत्यधिक गर्मीका कारण त्यहाँ अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भइसकेको छ। त्यस्तै पञ्जाव हरियाणा, उत्तरप्रदेश र दिल्लीमा पनि गर्मी तापक्रम उच्च विन्दुमा पुगेको छ। गर्मीका कारण अहिलेसम्म देशभरमा ३० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा धेरैजसो राजस्थान क्षेत्रका रहेको बताइएको छ।
थार मरुभूमिबाट आउने तातो हावाका कारण तापक्रममा वृद्धि भइरहेको त्यहाँको मौसम विभागले जनाएको छ। मौसम विभागका अनुसरा मे चारसम्म अझै तापक्रम वृद्धि हुने र त्यसपछिमात्र वर्षाको सम्भावना रहेको छ।
लखनउको मौसम विभागका अनुसार त्यसक्षेत्रमा आइतबार हावाहुरीका साथ लखनउ, सीतापुर हरदोइ लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।



लाेकपाटी न्यूज

