काठमाडौं, १९ जेठ। पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका व्रेन ट्युमर पीडित जगदिश पौडेल यतिबेला काठमाण्डौंको न्युरो अस्पतालको ३०९ नम्वरको बेडमा जीवन र मृत्यसँग लडिरहेका छन्।
खेती किसानी गरेर जीवन गुजारा गर्ने पौडेलको परिवारमा यतीबेला ठूलो वज्रपात परेको छ। अस्पतालको ३०९ नम्वर बेडमा छट्पटाईरहेका पौडेलको उपचार गर्न आर्थिक अभाव भएको छ। हात थाप्ने ठाउँपनि अन्त कतै छैन। सानो सात वर्षको छोरा दुई छोरीहरु र श्रीमती विन्दु पौडेल मुर्छित भएर पौडेलको नजिकै वसिरहेका छन्।
उपचारमा अहिलेसम्म गाउँलेहरुले जम्मा गरेको र आफन्तहरुले जोडजाड पारेको ३ लाख खर्च भैसकेको छ। अझै करिव ५ लाख जति लाग्ने अस्पताल स्रोतले बताएको छ। पौडेल परिवारमा अब माग्ने र हात थाप्ने ठाउँ अन्त कतै पनि छैन। बिरामीको छेउमा रहेकी श्रीमती विन्दुले भक्कानिएर रुँदै भनिन् “जिन्दगीमा यस्तो पनि हुने रहेछ, हामीलाई मात्र किन यस्तो हुन्छ ? कृपया मेरो श्रीमानलाई सहयोग गरेर वचाइदिनुहोस, यहाँलाई केही भैहाल्यौ भने म के गरुँला ? यी साना छोराछोरीहरु के गरुला वोली पुरा पनि गर्न सकिनन्।”
शल्यक्रिया पश्चात पौडेल अर्धचेत अवस्थामा पल्टिरहेका छन्। घरीघरी होसमा आउँदा उनी भन्छन् “म वाँच्न चाहन्छु कोही मलाई वँचाई दिनुहोस्। ” यत्ति मात्र बोल्छन्। डाक्टरले धेरै बोल्न पनि नहुने वताएको छ । १२ दिनअगाडी एक्कासी ढलेपछी बुटवलको अस्पतालमा लगेर उपचार गराउँदा व्रेन ट्युमर भएको थाह भएपछि थप उपचारको लागि काठमाण्डांै रिफर गरिएको हो। अहिले अन्नपुर्ण न्युरो अस्पतालको ३०७ नम्वर बेडमा रहेका छन्। लिमिठानामा जीवन गुजारा नचलेपछी साना नानीहरु र श्रीमती लिएर रोजगारको लागि भैरहवा गएर दिनभर काम गर्ने र साँझ विहान चुल्हो वालेर गुजारा चलाउँदै आएका थिए। अहिले पौडेल जीवन मृत्युको दोसादमा रहेर जीन्दगीको भिख मागीरहेका छन्।
सानै उमेरमा वुवा गुमाएका र बाँकी जिन्दगीका हरेक मोडहरुमा अत्यन्तै कष्ठकर दिनहरु विताईरहेका पौडेललाई एक्कासी यति ठुलो वज्रपात परेको हो। विरामी भएको थाह पाएर भाईको उपचारका लागि दाई रमाकान्त पौडेलले छिमेकमा जोरजाम पारेर लगेको पैसो सकिएपछी पौडेलको अवस्था अहिले विजोग भएको छ।दाई रमाकान्त पौडेलले पनि गहभरी आँसु पार्दै भने “कस्लाई के भनौ खै भगवान पनि कति निष्ठुरी निर्दयी हुँदो रहेछ जो होचो उस्का मुखमा घोचो, हामी गरिबलाई नै यतीठुलो घात गर्यो।”
अव खर्च गर्ने पैसा छैन खोजेर ल्याएको सबै सकियो ,कसैले सहयोग गरिदिए भाईलाई वँचाएर घर फर्किने आसमा छु। जिन्दगीमा आपत सबैलाई पर्छ तपाईको सानो सहयोगले पौडेलले नयाँ जीवन पाउने छन्। मानवियता दर्शाएर सहयोग गर्न इच्छुकले पीडितका दाजु रमाकान्त पौडेलको मोवाईल नम्वर ९८४७६४५६९४ मा सम्पर्क गर्न सक्नुहुनेछ।



लाेकपाटी न्यूज
