विराटनगर, १९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताएकी छिन्।
राष्ट्रिय सहकारी विकास बोर्डद्वारा शनिबार विराटनगरमा आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन प्रदेश नं. १ स्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले छिमेकीसँग मिली एकजुट भई सहकारी मोडलमा खेतीगरी कृषि उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्नुपर्ने बताइन्।
बोर्डका सहअध्यक्ष दक्ष पौडेलले वर्तमान अवस्थामा खेतीयोग्य जमीनको ३३ प्रतिशत मात्र भूमि खेतीमा उपभोग भइरहेको आगामी पाँच वर्षभित्र ५० प्रतिशत र त्यसपछि शतप्रतिशत पुर्याउने लक्ष्यले सहकारीले कार्य गरिरहेको बताउँदै सरकारको विकास र समृद्धको सपना सहकारीले मात्र पूरा गर्ने दाबी गरे।



लाेकपाटी न्यूज

