चितवन, १८ जेठ । निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई चितवनका युवा व्यवसायी एवं समाजसेवी राजु श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन्।
रंगशाला निर्माणस्थलमा शनिबार औपचारिक कार्यक्रमकाबीच श्रेष्ठले एकलाख रुपैंयाँको चेक धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका हुन्।
त्यस्तै, सो अवसरमा पुष्पकमल टोल विकास संस्थाले २० हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको छ।



लाेकपाटी न्यूज
