एजेन्सी। इन्टरनेट जाएन्ट गुगलको युट्युब गेमिङ एप पूर्ण रुपमा बन्द भएको छ। गुगलका अनुसार अब गेमिङसँग सम्बन्धित सामाग्रीहरु केवल युट्युबको मूख्य एपभित्रै रहनेछन्। अर्थात् गेमिंग एप अब युट्युब प्लेटर्फममा मात्रै चल्नेछ।
गुगलले गत महिना नै युट्युब गेमिङ एपलाई युट्युबको मुख्य एपमै विलय गराउने घोषणा गरेको थियो। युट्युब गेमिङ एप सन् २०१५ मा एन्ड्रोइड र आइओएस दुबै प्लेटर्फममा सुरु भएको थियो। एप मात्र नभै वेबसाइट भर्सनमा पनि युट्युब गेमिङ एप लञ्च गरिएको थियो।
गत वर्षको सेप्टेम्बरमा गुगलले एक घोषणा मार्फत सन् २०१९ को मार्चमा युट्युब गेमिङ एप बन्द गर्ने संकेत गरेको थियो। तर गत मार्चमा उक्त एप बन्द गरिएन। अन्ततः मे ३० मा युट्युब गेमिङ एपलाई एप्पलले युट्युबको मुखय एपमा बिलय गराएको छ।
गुगलका अनुसार युट्युब गेमिङ एपका पुराना प्रयोगकर्ताहरुले अब आफ्नो सदस्यतालाई युट्युबको मुख्य प्लाटर्फममै एकिकृत गर्न सक्नेछन्। गुगलले पछिल्लो समयमा आफ्ना असफल तथा कम लोकप्रिय भएका प्रडक्टहरुलाई बन्द गर्ने क्रमलाई अघि बढाएको छ।
त्यसक्रममा गुगलले एल्लो च्याट एप तथा इनबक्स बाइ जिमेल एपलाई पनि बनद गरिसकेको छ। यतिमात्र होइन करीब ५ करोड प्रयोगकर्ताको डाटा सुरक्षामाथि आक्रमण भएको खुलासा भएलगत्तै गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लसलाई समेत सदाको लागि बन्द गरिसकेको छ।



लाेकपाटी न्यूज

