किन होटल उद्घाटन नगरि फर्किए प्रधानमन्त्री ?

KP sharma oli
लाेकपाटी न्यूज

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ।

प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको स्विस इन्टरनेशन होटल सरोवर उद्घाटन गर्ने कार्यक्रम थियो।ओली होटलमा पनि पुगेका थिए तर, केहीबेर बसेर फर्किए।यो होटल मापदण्ड विपरित बन्नुका साथै होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारी पनि भ्रष्टाचारको मुद्दामा मुछिएका थिए।

पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्