त्रिवि अस्पतालमा कलेजोको सफल प्रत्यारोण

kalejo
लाेकपाटी न्यूज

काठमाण्डौं, १८ जेठ । त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोण गरिएको छ। सरकारी अस्पताल त्रिवी शिक्षण अस्पतलामा सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो।

नेपाली टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा. निरभको टोली नेपाल आएको थियो। शुक्रबार १३ घण्टा लगाएर ५३ वर्षीय पुरुष विरामीको कलेजो प्रत्यारोपण गरिएको हो। लिभर सिरोसिसले कलेजो बिग्रिएका ती बिरामीलाई उनकै ३३ वर्षीय छोरीले कलेजो दान गरेकी हुन्।

अस्पतालले १३ घन्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शुक्रबार मध्यरातमा मात्र सकिएको डा.भण्डारीले जानकारी दिए। शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएसँगै अब नेपालमा कलेजो प्रत्यारोपण गर्ने दुईवटा अस्पताल भएका छन्। भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले तीन वर्षअघि नै कलेजो प्रत्यारोपण शुरु गरेको थियो।त्यहाँ अहिलेसम्म चारजनाको प्रत्यारोपण भएको छ।

यता सरकारले निजी क्षेत्रका दुईवटा कलेज अफ मेडिकल साइन्सेज भरतपुर र चितवन मेडिकल कलेजलेसमेत कलेजो प्रत्यारोपणको अनुमति लिएका छन्। अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो।तर, केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन। अस्पतालले ५ वर्षको प्रयासपछि प्रत्यारोपण सेवा सुरु गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्