काठमाडौं, १८ जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अरु दलहरुले गर्न नसकेका ऐतिहासिक दायीत्व कांग्रेसले पूरा गरे पनि जनताले किन बिश्वास गर्न सकेन भन्ने कुरा कांग्रेसका लागि महत्वपूर्ण चुनौतिको रुपमा रहेको बताएका छन्।
शनिबार राजधानीमा नेपाली कांग्रेस रौतहट काठमाडौं सम्पर्क समिते आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले जनताबीचको सम्बन्ध सुधारमा ध्यान पुराउन नसके पार्टी झनै कमजोर हुने बताएका हुन् । सिंहले गम्भीर बन्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे।
पार्टीभित्र जनअपेक्षा अनुरुप सुधार ल्याउन नसके वर्तमान चुनौतिहरुको सामना गर्न नसकिने बताए । पार्टीमा विधी विधानको परिधिभित्र बसेर निर्णय गर्ने परम्परालाई लत्याएर मनलाग्दि आफू अनुकुलको निर्णय गराउँदै जाँदा आज कांग्रेस कमजोर र बामपंथीहरुको दबदवामा पुगेको बताए। जबसम्म पार्टी नियम अनुसार चलाउन सकिँदैन तबसम्म पार्टीभित्र जतिसुकै ठुला कुरा गरे पनि गुट उपगुटको अन्त्य हुन नसक्ने उनको भनाई थियो।
वर्तमान सरकार संघीयता कमजोर पार्न उद्त रहेको कुरा सरकारले प्रस्तुत गरेको बजेटबाट पुष्टि भएकोभन्दै सरकारले प्रस्तुत गरेको बजेटमा संघीयतालाई मजबुत गराउने खाले कुनै कुरा नआउनुले सरकारको नियत प्रस्ट भएको बताए। कार्यक्रममा केन्द्रीय सदस्य अजय कु चौरेसिया, रौतहट जिल्ला सभापति कृष्ण यादब लगायतले धारणा राखेका थिए।



लाेकपाटी न्यूज

