सरकारी कार्यालयमा अन्धाधुन्ध गोली चल्दा ११ को मृत्यु

लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकाको एक सरकारी कार्यालयमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु भएको छ। अमेरिकाको भर्जिनियास्थित सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्।

गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्युनिसिपल सेन्टरका कर्मचारी भएको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएको बीबीसीले उल्लेख गरेको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनामा एक प्रहरी पनि घाइते भएको समाचारमा जनाइएको छ।

घटना शुक्रबार राति भएको हो। भर्जिनियाबिचका मेयर बबी डायले यो सहरकै इतिहासमा ‘सबैभन्दा त्रासपूर्ण घटना’ भएको बताएका छन्।