काठमाडौं, १८ जेठ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बेलामा भएका समझदारिलाई आफूले स्मरण मात्र गरेको बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाहिर ठूलो प्रचार गर्नु पर्नेे, होहल्ला गर्नु पर्ने बिल्कुल आफूले नयाँ विषय नबोलेको बताए। अध्यक्ष प्रचण्डले भने, प्रधानमन्त्रीले त्यो कुरा राम्रोसँग बुझनु भएको छ। ’ यो बढी प्रचार भो भन्ने अर्थमा उहाँले भनेको मैले बुझेको छु।’
एकताको बेलामा जे सैद्धान्तीक प्रतिबद्धता गरेका थियौं,ब्यवहारिक समझदारी गरेका छौं हामी त्यही लाईनमा अगाडी बढ्दै जाँन्छौं ।’ ‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी अझ उन्नत र बिकसित पनि हुँदै गएको छ, यस विषयमा हामी दुवै अध्यक्ष प्रष्ट छौं,’ आलोपालो नेतृत्वको बिषय उठाउनुको कारणबारे पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने।
उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सहमतिकर्ता रहेकोले बजार गरम बनाउन उछाल्नुको कुनै अर्थ नरहेको बताए। प्रधानमन्त्रीको आज शनिबार पोखरामा कार्यक्रम भएकाले आज बस्ने भनिएको सचिवालयको बैठक पर्सी सोमबार बस्ने पनि जानकारी गराए।



लाेकपाटी न्यूज

