यस्तो छ अबको ३ दिनको मौसम पूर्वानुमान

लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ।  पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भईरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगमा हावाहुरी ,मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।

पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उनले पश्चिम तराईमा झण्डै १५ दिनदेखि जमीन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताए। वर्षा भएपछि लगातार बढिरहेको तापक्रम थोरै भए पनि घट्ने मौसमविद्को भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्