चितवन, १८ जेठ। निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला पुनः निर्माण सुरु भएको छ।
स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य पुनः सुरु भएको हो।
सहमती भएसँगै शनिबार बिहान ७ बजेदेखि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा चितवनका राजनितिक दल ,नागरिक समाज ,पत्रकार कर्मचारी स्थानीय तथा आम सर्वसाधाहरणको सहभगितामा भत्किएका बार निर्माणका साथै बृहत जन सहभागिताका साथ निर्माण कार्य भएको छ।
विभिन्न संघ सस्थाले समुहगत रुपमा श्रमदान गर्न थालेका छन्। स्थानीय पाँच वटा टोल विकास संस्थाहरुले निर्माण कार्य सुरू गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई आग्रह गरेका छन्। भत्किएको पर्खाल स्थानीय र टोल विकास संस्था मिलेर उठाउने सहमति भएको छ।



लाेकपाटी न्यूज

