काठमाडौं, १८ जेठ। अमेरिकाको भर्जि्निया राज्यमा रहेको भर्जि्नियाँबीच सहरको एक सरकारी भवनमा अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ।
हालसम्म घटनामा कम्तिमा ११ मानिसको मृत्यु भएको र ६ घाइते भएका छन्। प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जि्नियाको एक सरकारी भवनमा भएको थियो। स्थानीय प्रहरीका अनुसार संदिग्ध आक्रमणकारी भर्जि्नियाबीच म्युनिसिपल सेन्टरका कर्मचारी हो र उसले आफ्नै कार्यस्थलमा अन्धाधुन्ध गोलीबारी गरेको थियो। हालसम्म आक्रमणकारी पहिचान सार्वजनिक गरिएको छैन तथापी प्रहरीले उक्त व्यक्तिको पनि मृत्यु भइसकेको जानकारी दिएको छ।
भर्जि्नियाबीचका मेयर बबी डायरले घटनालाई शहरको इतिहासको सबैभन्दा ‘त्रासदीपूर्ण दिन’ बताए। अमेरिकामा हुने बन्दुक आक्रमणको लेखाजोखा राख्ने बेवसाइट ‘गन भ्वाइलेन्स अर्काइव’का अनुसार भर्जि्नियाँबीचमा भएको बन्दुक आक्रमण अमेरिकामा यो वर्ष भएको १५० औं घटना हो। एजेन्सी । बीबीसी



लाेकपाटी न्यूज

